Logo

२०८२ पौष ९ गते बुधवार

२०८२ पौष ९ गते बुधवार

हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार यो महिना नहुने

हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार यो महिना नहुने


  • 1.7K
    Shares

    हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार यो महिना नहुने
    images
     

    हिमालयन बैंक र सिभिल बैंक एक हुन माघ कुर्नुपर्ने भएको छ। मर्जर सम्झौता गरेका अन्य बैंकले पुस महिनाभित्रै मर्जर सम्झौता गर्ने स्वीकृति पाए पनि हिमालयन बैंकले भने माघ महिना कुर्नुपर्ने भएको हो। 

    हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार माघ १८ गतेदेखि हुने भएको छ। प्राप्ति प्रक्रिया स्वीकृत गर्न दुवै बैंकले यही पुस २८ गते आआफ्ना वार्षिक साधारणसभा गर्दै छन्।

    पुस मसान्तपछि एकीकृत कारोबार गर्दा पनि मर्जर प्रयोजनका लागि दिने गरी राष्ट्र बैंकले सहमति दिएको छ। यी दुई बैंकबीच असार २९ गते प्राप्ति गर्नेसम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।

    प्रकाशित मिति :पौष २२ २०७९ शुक्रवार - ११:३९:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij