Logo

२०८२ पौष ९ गते बुधवार

२०८२ पौष ९ गते बुधवार

सुनको मूल्यमा उच्च वृद्धि, आज कतिमा हुँदैछ कारोबार?

सुनको मूल्यमा उच्च वृद्धि, आज कतिमा हुँदैछ कारोबार?


  • 1.5K
    Shares

    सुनको  मूल्यमा उच्च वृद्धि, आज कतिमा हुँदैछ कारोबार?
    images

    मंगलबार सुनको भाउ वर्ष दिन यताकै उच्च बिन्दुमा पुगेको छ।

    यस अघि गत वैशाख ५ गते प्रतितोला एक लाख २५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख २६ सय रुपैयाँ पुगेको छ। यो मूल्य गत आठ महिनाकै उच्च हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २१ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

    सोमबार छापावाल सुन प्रतितोला एक लाख १७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ सय रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला नौ सय रुपैयाँ बढेको हो।

    त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ। 

    अन्तर्राष्ट्रिय बजारमा नै सुन–चाँदीको मूल्य बढेकाले त्यसको प्रभाव नेपाली बजारमा पनि बढेको व्यवसायीहरू बताउँछन्।

    प्रकाशित मिति :पौष १९ २०७९ मंगलवार - ११:४७:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij