Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

यस्ता छन् फेसबुकमा आउने अनावश्यक पोस्ट हाइड गर्ने तरिका !

यस्ता छन् फेसबुकमा आउने अनावश्यक पोस्ट हाइड गर्ने तरिका !


  • 2.5K
    Shares

    यस्ता छन् फेसबुकमा आउने अनावश्यक पोस्ट हाइड गर्ने तरिका !

    फेसबुकले तपाईँका पुराना सम्झनालाई ताजा बनाइदिन्छ । यो एउटा राम्रो फिचर हो । किनकि यसले तपाईँका सम्झनालाई सजाएर राख्दछ । तर कहिलेकाहीँ न्युज फिड बिना कारण तपाईँको टाउको दुःखाइको विषय समेत बन्न सक्छ ।

    फेसबुकमा शेयर गरिएका केही पोस्टहरू प्रति तपाईँलाई कुनै सरोकार हुँदैन । यस्ता पोस्टबाट जोगिन सबैभन्दा उत्तम उपाय भनेको सम्बन्धित पेज वा व्यक्तिलाई अनफलो गर्न सक्नुहुन्छ ।

    तर यसबाट तपाईँका नजिकका व्यक्तिहरूसँगको सम्पर्क टुट्न सक्छ । चिन्ता नलिनुहोस्, यसको पनि उपाय छ । यसका लागि तपाईँले आफ्नो फेसबुक सेटिङमा परिवर्तन गर्न सक्नुहुन्छ । तपाईँ सम्बन्धित व्यक्ति वा पेजको कुनै निश्चित पोस्ट लुकाउन सक्नुहुन्छ ।

    यसरी तपाईँ कुनै व्यक्ति वा पेजको पोस्टबाट छुटकारा पाउन सक्नुहुन्छ । यदि तपाईँ कुनै पोस्टलाई स्थायी वा लामो समयसम्मका लागि लुकाउन चाहनुहुन्छ भने फेसबुकले त्यसको पनि सुविधा दिएको छ ।

    तपाईँ कुनै पोस्टलाई स्थायी वा अस्थायी रूपमा लुकाउन चाहनुहुन्छ भने त्यसका लागि कयौँ तरिका अपनाउन सक्नुहुन्छ । आज हामी तिनै तरिकाबारे बताउँदै छौँ ।

    आफ्नो फेसबुक फिडबाट अनावश्यक पोस्ट कसरी हटाउने ?

    -सबैभन्दा पहिला आफ्नो फेसबुक एप खोल्नुहोस् ।

    -त्यसपछि आफ्नो फेसबुक अकाउन्टमा साइन इन गर्नुहोस् ।

    -अब जुन पोस्टबाट तपाईँ छुट्कारा पाउन चाहनुहुन्छ, त्यसको दायाँ कुनामा रहेको थ्री डट (तीन थोप्ला) युक्त बटनमा थिच्नुहोस् ।

    -त्यहाँ तपाईँले अनेक विकल्प फेला पार्नुहुनेछ ।

    -यदि तपाईँ केवल निश्चित पोस्टलाई लुकाउन चाहनुहुन्छ भने 'हाइड पोस्ट' (Hide Post) विकल्पमा दबाउनुहोस् ।

    -त्यसैगरी यदि तपाईँ उक्त व्यक्ति वा पेजको पोस्ट अस्थायी किसिमले लुकाउन चाहनुहुन्छ भने ३० दिनका लागि स्नुज (Snooze) मा ट्याप गर्नुहोस् । साथै यदि तपाईँ लामो समयसम्मका लागि पोस्ट लुकाउन चाहनुहुन्छ भने अनफलोको विकल्प समेत चयन गर्न सक्नुहुन्छ ।

    -यस बाहेक यदि तपाईँ कुनै व्यक्ति वा पेजको पोस्टलाई प्राथमिकतामा राख्न चाहनुहुन्छ अथवा गुमाउन चाहनु हुन्न भने फेभ्रेटिज विकल्प रोज्न सक्नुहुन्छ । यसो गर्दा सम्बन्धित व्यक्ति वा पेजको पोस्ट प्राथमिकतामा पर्छ र तपाईँको फेसबुकको न्युज फिडमा त्यस्ता व्यक्ति तथा पेजका पोस्टहरू नै बढी मात्रामा देखिन थाल्छन् ।

    प्रकाशित मिति :पौष १८ २०७९ सोमवार - १२:५३:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij