Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

आजबाट सुरु हुने भनिएको फाइभजी ट्रायल स्थगित

आजबाट सुरु हुने भनिएको फाइभजी ट्रायल स्थगित


  • 2.6K
    Shares

    आजबाट सुरु हुने भनिएको फाइभजी ट्रायल स्थगित

    नेपालमै पहिलो पटक आजबाट सुरु हुने भनिएको फाइभजी ट्रायल स्थगित भएको छ । आवश्यक आन्तरिक परीक्षण पूरा नभएको भन्दै तत्कालका लागि ट्रायल नहुने देखिएको हो । 

    यसअघि टेलिकमले अङ्ग्रेजी नयाँ वर्षको दिन पारेर आज जनवरी १ देखि फाइभजी ट्रायल सुरु गर्ने बताएको थियो । तर नेपालमा हाल उपलब्ध फाइभजी सेटहरूमा परीक्षण गरेर मात्रै ट्रायलमा जाने हिसाबले ट्रायल स्थगित गरिएको टेलिकमका प्रवक्ता सोभन अधिकारीले बताए । 

    “अहिले हामीले फाइभजी सपोर्ट गर्ने दुई चार ओटा सेट फेला पारेका छौँ, ती सेटहरूमा फाइभजी टेस्ट भइरहेको छ,” उनले भने, “यस बाहेक अन्य सेटहरूको खोजी गर्ने कार्य समेत भइरहेको छ ।”

    बजारमा उपलब्ध फाइभजी मोबाइल सेटहरू पहिचान गरी ती सेटमा टेस्ट गरेपछि मात्रै ट्रायल सुरु गर्ने योजना रहेको अधिकारीले सुनाए ।

    उनका अनुसार अबको केही दिन पछि मात्रै फाइभजी ट्रायल सुरु गरिनेछ । कम्पनीले फाइभजी सेवाका लागि आवश्यक सिस्टम स्थापना र त्यसको परीक्षण भने यस अघि नै सम्पन्न गरिसकेको छ । 

    प्रकाशित मिति :पौष १७ २०७९ आइतवार - ११:४४:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij