Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

५३१५८ शिक्षक दरबन्दी अभाव, बालविकास शिक्षकलाई प्रावि तृतीय श्रेणी सरह सेवा सुविधा हुनुपर्ने

५३१५८ शिक्षक दरबन्दी अभाव, बालविकास शिक्षकलाई प्रावि तृतीय श्रेणी सरह सेवा सुविधा हुनुपर्ने


  • 1.9K
    Shares

    ५३१५८ शिक्षक दरबन्दी अभाव, बालविकास शिक्षकलाई प्रावि तृतीय श्रेणी सरह सेवा सुविधा हुनुपर्ने
    images

    विभिन्न तहमा अझै ५३ हजार १ सय ५८ जनाक शिक्षकको दरबन्दी नपुग रहेको एक प्रतिवेदनले औँल्याएको छ ।

    राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य पुष्परमण वाग्ले नेतृत्वको टोलीले सार्वजनिक गरेको प्रतिवेदनमा माध्यमिक तहमा २४ हजार ३ सय ८४ विषयगत शिक्षक र अन्य तहमा समेत गरी जम्मा नपुग ५३ हजार १ सय ५८ थप शिक्षकको व्यवस्था गर्न सरकारलाई सुझाएको हो ।

    विद्यालय शिक्षामा स्रोत साधानको उचित व्यवस्थापन, गुणस्तर अभिवृद्धि र प्रभावकारी सुपरीवेक्षणको व्यवस्थाका लागि सुझाव दिन गठित समितिले पुसको पहिलो साता सरकारलाई बुझाएको प्रतिवेदनमा विद्यार्थी शिक्षकको अनुपात ३०ः१ मा लैजाँदा अझ बढी शिक्षक दरबन्दी रिकत हुने औँल्याएको छ ।

    सो प्रतिवेदनले ६ हजार ४३० माध्यमिक विद्यालयमा गणित, विज्ञान र अङ्ग्रेजीको विषयगत शिक्षकको व्यवस्थापन गर्नुपर्ने समेत सुझाएको छ ।

    सो प्रतिवेदनले ११४५ धार्मिक विद्यालय तथा २६ हजार ४५४ विद्यालयमा सिकाइका नयूनतम पूर्वाधारहरू पूरागनुपर्ने उल्लेख गरेको छ ।

    उक्त प्रतिवेदनले ७० लाख ९२ हजार ९४९ विद्यार्थीको लागि कक्षागत शिक्षक तथा निःशुल्क पाठ्यपुस्तकको व्यवस्थापन गर्नु पर्ने, प्रति विद्यालय एक जना खरिदार सरहको कर्मचारी र माध्यमिक विद्यालयमा थप एक जना नायब सुव्वा सरहको कर्मचारी व्यवस्थापन गर्न सुघmाएको छ ।।

    उक्त प्रतिवेदनमा कक्षा ८ सम्म अध्ययनरत ५३ लाख विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्नुपर्ने र ३६ हजार ५३१ बालविकास केन्द्रका बालविकासका शिक्षकहरूलाई प्राथमिक तृतीय सरहको सेवा सुविधाको व्यवस्था गर्न र प्रत्येक वालविकास केन्द्रमा सहायक शिक्षकको व्यवस्था गर्न सुझएको छ ।

    प्रकाशित मिति :पौष ११ २०७९ सोमवार - १६:१८:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij