Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

अन्तरजातीय विवाह गर्ने जोडीलाई ज्वालामुखी गाउँपालिकाको सम्मान

अन्तरजातीय विवाह गर्ने जोडीलाई ज्वालामुखी गाउँपालिकाको सम्मान


  • 1.0K
    Shares

    अन्तरजातीय विवाह गर्ने जोडीलाई ज्वालामुखी गाउँपालिकाको सम्मान
    images

    धादिङ । अन्तरजातीय विवाह गर्ने जोडीलाई ज्वालामुखी गाउँपालिकाले सम्मान गरेको छ। ज्वालामुखी गाउँपालिका–७ चैनपुरकी मञ्जु रम्तेल (दलित समुदाय) र ज्वालामुखी गाउँपालिका–६ का संगम राना मगरलाई गाउँपालिकाले सम्मान गरेको हो।

    दुई परिवार बीचको सहमतिमा उनीहरूले विवाह गरेका हुन्। ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले यस्तो विवाहले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउँदै नव दम्पतीलाई गाउँपालिकाको तर्फबाट बधाई तथा सम्मान गरिएको जानकारी दिए।

    अन्तरजातीय विवाहले समानता, सहिष्णुता र सामाजिक सद्भाव प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

    प्रकाशित मिति :चैत्र १ २०८२ आइतवार - ०७:२३:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij