Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

निगमको एक महिनामा एक अर्ब १७ करोड नाफा

निगमको एक महिनामा एक अर्ब १७ करोड नाफा


  • 1.8K
    Shares

    निगमको एक महिनामा एक अर्ब १७ करोड नाफा
    images

    अन्तर्राष्ट्रिय  बजारमा  पेट्रोलियम  पदार्थको  मूल्य घटे पनि स्थानीय बजारमा मूल्य नघटाउँदा निगम एक महिनामा एक अर्ब १७ करोड ४२ लाख नाफामा रहेको छ । हाल  पेट्रोलमा  प्रतिलिटरमा  १३  रुपियाँ  १६  पैसा, डिजेलमा ५३ पैसा, मट्टितेलमा ३५ रुपियाँ ३५ पैसा, हवाई इन्धनमा ४२ रुपियाँ १६ पैसा नाफा रहेको छ ।

    निगमलाई ग्यासमा मात्र प्रतिसिलिन्डर २७७ रुपियाँ घाटा छ । इन्धनमा लगाइएको उच्च करका कारण पनि उपभोक्ता मूल्य महँगो पर्न गएको छ । प्रतिलिटर पेट्रोलको खरिद मूल्य र अन्य लागत गरी १६७ रुपियाँ  ८४  पैसा  रहेको  छ  ।  यसमा  विभिन्न  शीर्षकमा लिइएको ६३ रुपियाँ ८८ पैसा कर पनि जोडिएको छ । यस्तै  प्रतिलिटर  डिजेलको  कुल  लागत  मूल्य  १७७  रुपियाँ  ४७  पैसा  (४८  रुपियाँ  ३० पैसा करसहित) र हवाई इन्धन लागत मूल्य १४७ रुपियाँ ८४ पैसा रहेको छ । ग्यास प्रतिसिलिन्डर २०७७ रुपियाँ खरिद र लागत मूल्य रहेको निगमले जनाएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

    प्रकाशित मिति :मंसिर १९ २०७९ सोमवार - ०६:५५:२० बजे
    प्रतिक्रिया

    पत्रपत्रिकाबाट

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij