Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

साओमीले ल्यायो वर्ल्डकप अफर, विजेतालाई तीन लाख मूल्यको ७५ इन्चको टिभी

साओमीले ल्यायो वर्ल्डकप अफर, विजेतालाई तीन लाख मूल्यको ७५ इन्चको टिभी


  • 2.5K
    Shares

    साओमीले ल्यायो वर्ल्डकप अफर, विजेतालाई तीन लाख मूल्यको ७५ इन्चको टिभी

    साओमीले जारी फिफा वर्ल्डकप २०२२ लाई लक्षित गर्दै नेपाली उपभाेक्ताका लागि नयाँ अफर घाेषणा गरेकाे छ । यसअन्तर्गत ग्राहकले ‘मी’ वा ‘रेड्मी’ टेलिभिजन खरिद गर्दा ७५ इन्चको ‘मी क्यू एलईडी टिभी जित्ने कम्पनीले जनाएको छ ।

    ‘फिफा वर्ल्डकप समस्त फुटबलप्रेमीका लागि एकदमै प्रतिक्षित समय हो,’ साओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमितकुमार पंडाले भने, ‘वर्ल्डकप हेर्नकै लागि भनेर नयाँँ टेलिभिजन किन्ने समय कुरेर बस्ने ग्राहकका लागि यो ‘गोल–डेन’ अफर निकै प्रभावकारी हुनेछ ।’

    यस अन्तर्गत कुनै पनि मी अथवा रेड्मी टेलिभिजन खरिद गर्दा एकजना भाग्यशाली ग्राहकले दुई लाख ९९ हजार ९९९ रुपैयाँ बराबरको ७५ इन्चको मी क्यूएलईडी टेलिभिजन जित्नेछन् ।

    त्यस्तै अन्य ग्राहकले दैनिक रुपमा ४५ हजार ९९९ बराबरको एयर प्युरिफायर ३, स्मार्ट एयर फ्रायर, एयर कम्प्रेसर, बियर्ड ट्रिमर र ईलेक्ट्रिक टुथब्रश पनि जित्न सक्नेछन् ।

    लक्की ड्रमा सहभागी हुनका लागि टिभीमा भएको कोड स्क्यान गर्नुपर्ने हुन्छ, अथवा टिभीको सिरियल नम्बर ३१००७ मा पनि मेसेज गर्नुपर्ने हुन्छ । यो अफर मंसिर ४ गते देखि पुस ३ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।

    प्रकाशित मिति :मंसिर ६ २०७९ मंगलवार - १४:४८:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij