Logo

२०८२ भाद्र २० गते शुक्रवार

२०८२ भाद्र २० गते शुक्रवार

यिनै हुन् कक्षा १२ को परीक्षामा ‘नेपाल टप’ गर्ने सुम्निमा श्रेष्ठ

यिनै हुन् कक्षा १२ को परीक्षामा ‘नेपाल टप’ गर्ने सुम्निमा श्रेष्ठ


  • 8.7K
    Shares

    यिनै हुन्  कक्षा १२ को परीक्षामा ‘नेपाल टप’ गर्ने सुम्निमा श्रेष्ठ
    images

    काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को परिक्षाफल सार्वजनिक गरेको छ । सार्वजनिक गरेको कक्षा १२ को परीक्षाफलमा बुटवलकी सुम्निमा श्रेष्ठ नेपाल टप भएकी छन् । उनले जीपीए ४ अंक हासिल गर्दै नेपाल टप गरेको बताइएको छ ।

    मुलुकभरवाट कक्षा १२ को परिक्षामा ४ लाख ३२ हजार विद्यार्थी परीक्षामा सहभागी भएका थिए । ति सबैलाई उछिन्दै बुटवलको न्यू होराइजन इङलिस सेकेण्डरी स्कूलमा अध्ययनरत सुम्निमा नेपाल टप भएकी हुन् । .

    सिम्बोल नम्बर २४९०११८८ रहेकी मा विज्ञान संकायकी छात्रा सुम्निमाले सबै विषयमा ४।६९ क्रेडिट आवर र प्राक्टिकलमा १।५६ अंक गरी जीपीए ४ हासिल गरेको सो विद्यालयले पुष्टि गरेको छ । विद्यालयका कक्षा १२ संयोजक प्रकाश खनाल आफ्नो विद्यालयकी छात्रा नेपाल टप भएकोमा खुसी ब्यक्त गरे ।

    उक्त विद्यालयबाट विज्ञान संकायबाट ५७ जना र व्यवस्थापन संकायबाट ३३ जनाले परीक्षा दिएकामा २३ जनाले ए प्लस ग्रेड हासिल गरेका छन् ।
    विज्ञान संकायबाट सक्षम देवकोटा र अमृत अर्यालले ३।९२ जीपीए र व्यवस्थापन संकायकी दिब्या उपाध्यायले ३।८४ जीपीए हासिल गरेका खनालले बताए ।

    प्रकाशित मिति :माघ २० २०७७ मंगलवार - २१:१७:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij