Logo

२०८२ पौष ८ गते मंगलवार

२०८२ पौष ८ गते मंगलवार

राष्ट्र बैंकले पुनः जारी गर्‍यो १८ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल

राष्ट्र बैंकले पुनः जारी गर्‍यो १८ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल


  • 2.4K
    Shares

    राष्ट्र बैंकले पुनः जारी गर्‍यो १८ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल
    images

    नेपाल राष्ट्र बैंकले आज सोमवार पुुनः १८ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गरेको छ । बैंकले आज अपरान्ह दुई बजे उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न गरेको हो ।

    कात्र्तिक २२ गते जारी मिति तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिएका थिए । कुुल ट्रेजरी मध्येमा २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको सात अर्ब १० करोड र एक सय ८२ दिने अवधिको ६ अर्ब रुपैयाँ बराबरको रहेको छ ।

    यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७९ मंसिर २० गते, २०७९ माघ २४ गते र २०८० बैशाख २६ गते तोकिएका छन् । ट्रेजरी हरु पुरानो नविकरण अन्र्तगतका रहेका छन् ।

    राष्ट्र बैंकले यसअघि यही कात्र्तिक १४ गते पनि १६ अर्ब ६६ कारेड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

     

     

    प्रकाशित मिति :कार्तिक २१ २०७९ सोमवार - १६:३५:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij