Logo

२०८२ माघ २३ गते शुक्रवार

२०८२ माघ २३ गते शुक्रवार

काठमाडौं उपत्यका खानेपानी लिमिटेड एनसीएचएलमा आबद्ध

काठमाडौं उपत्यका खानेपानी लिमिटेड एनसीएचएलमा आबद्ध


  • 491
    Shares

    काठमाडौं उपत्यका खानेपानी लिमिटेड एनसीएचएलमा आबद्ध

    काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले नेपाल क्लियरिङ्ग हाउससँग भुक्तानी सम्बन्धी कारोबारहरुलाई अटोमेट गर्न सम्झौता गरेर एनसीएचएलको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी शुरु गरेको छ । 

    सम्झौता पत्रमा काठमाडौं उपत्यका खानेपानी लिमिटेडका तर्फबाट संस्थाका कार्यकारी निर्देशक अशोक कुमार पौडेल र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका थिए ।

    उक्त सम्झौता पश्चात् काठमाडौं उपत्यका खानेपानी लिमिटेडको आन्तरिक प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेससँग जोडी विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न शुरु गरेको हो ।

    यस अन्तर्गत काठमाडौं उपत्यका खानेपानी लिमिटेडले एनसीएचएल आइसीएस र आरपीएस प्रणालीहरु मार्फत तलब भुक्तानी, भेण्डर भुक्तानी, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषका भुक्तानी लगायतका विभिन्न प्रकारका भुक्तानी सम्बन्धी कारोबारहरु गर्न सक्ने छन । 

    एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा ओपन एपीआईको अवधारणामा विकास गरिएको एनपीएलमा हाल ५३ सदस्य बैंक वित्तीय संस्थाहरु आबद्ध छन् भने अन्य पिएसपीर पिएसओ, रेमिटेन्स कम्पनीहरु, लघुवित्त, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध-सरकारी संस्थाहरु लगायतका ११० भन्दा बढि गैर-बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्टरप्राविधिक सदस्यका रुपमा आबद्ध छन् । 

    प्रकाशित मिति :माघ २३ २०८२ शुक्रवार - १४:४१:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij