२०८२ माघ २३ गते शुक्रवार
काठमाडौं । नेकपा बहुमतका केन्द्रीय सदस्य एवम् ललितपुर जिल्ला इन्चार्जसहित १५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरले आयोजना गरेको निर्वाचन विशेष जिल्ला भेलामा नेकपा बहुमत ललितपुरका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज कुमार सिल्वालसहित कांग्रेसमा प्रवेश गरेका हुन् ।
कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले उनीहरूलाई खादा र माला लगाएर कांग्रेस प्रवेश गराएका छन् ।
सिल्वालसँगै नेकपा बहुमत युवा संगठनका जिल्ला अध्यक्ष सुनिल स्याङ्जाली मगर, गोदावारी नगरपालिकाका इन्चार्ज हरिकृष्ण महत, कोन्ज्योसोम गाउँपालिकाका इन्चार्ज सत कुमार सिलवाल, ललितपुरमा तामाङ मुक्ति मोर्चाका सहसंयोजक सुरेश तामाङ, ललितपुरका जिल्ला सदस्य सुरज सिंजापतिले कांग्रेसका प्रवेश गरेका हुन् ।
साथै पार्टी प्रवेश गर्नेहरूमा अशोक रूम्बा, अमर सिगार, सुनिल विक, राजु तामाङ, दिपेश मगर, इन्द्र राना मगर, सुनिल मगर, नविन राना मगर र प्रवीण राना मगर रहेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij