Logo

२०८२ पौष ८ गते मंगलवार

२०८२ पौष ८ गते मंगलवार

बैंक तथा वित्तीय संस्थाहरुमा २२ करोड ६६ लाख रुपैयाँ लगानी गर्दै राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाहरुमा २२ करोड ६६ लाख रुपैयाँ लगानी गर्दै राष्ट्र बैंक


  • 2.2K
    Shares

    बैंक तथा वित्तीय संस्थाहरुमा २२ करोड ६६ लाख रुपैयाँ लगानी गर्दै राष्ट्र बैंक
    images

    नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा २२ करोड ६६ लाख रुपैयाँ लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो । 

    जसअन्तर्गत बैंकले वाणिज्य बैंकहरुमा १८ करोड १४ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरुमा ३ करोड ३९ लाख रुपैयाँ र फाइनान्समा १ करोड १३ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा राख्नेछ । 

    मुद्दति निक्षेपका रुपमा राख्न चाहने रकम खोली राष्ट्र बैंकमा ब्याजदर प्रस्ताव पेस गर्न राष्ट्र बैंकले आह्वान गरेको छ । यसका लागि कात्तिक २१ गते राती १२ बजेसम्म बैंक तथा वित्तीय संस्थाले प्रस्ताव पेस गर्नुपर्नेछ ।

    यस्तो लगानी आउँदो मंसिर २ गतेदेखि २०८० मंसिर २ गतेसम्म ३६५ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ ।

    प्रकाशित मिति :कार्तिक १७ २०७९ बिहिवार - ११:३०:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij