Logo

२०८२ पौष ८ गते मंगलवार

२०८२ पौष ८ गते मंगलवार

५६ अङ्कले बढेको शेयर बजारमा हरियाली, कारोबार रकममा पनि सुधार

५६ अङ्कले बढेको शेयर बजारमा हरियाली, कारोबार रकममा पनि सुधार


  • 1.7K
    Shares

    ५६ अङ्कले बढेको शेयर बजारमा हरियाली, कारोबार रकममा पनि सुधार
    images

    शेयर बजार आज मङ्गलवार उच्च अङ्कले बढेको छ । हिजो साेमवार १६ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से ५६ दशमलव ११ अङ्कले बढेर एक हजार नौ सय ३० दशमलव ९९ विन्दुमा पुगेको छ ।

    आज सबै समूहको शेयर बढेर बजार हरियाली भएकोमा जलविद्युत्, विकास बैंक, लघुवित्त र उत्पादन समूहको शेयर उच्च अङ्कले बढेको छ । बजारसँगै कारोबार रकममा पनि सुधार भएको छ ।

    दुई सय ३१ कम्पनीकाे ३९ लाख ७१ हजार कित्ता शेयर एक अर्ब २९ करोड रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ६ करोड ६५ लाख रुपैयाँको शेयर किनबेच भयो ।

    आज न्यादी हाइड्रोको शेयर १० प्रतिशतले, युनिभर्सल पावर कम्पनीको नौ प्रतिशत तथा अरू ६ वटा कम्पनीको शेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेर हरियो भए पनि एनसीसी डिबेन्चर २०८६ र सिटिजन्स म्युचल फन्डको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ । 

    प्रकाशित मिति :कार्तिक १५ २०७९ मंगलवार - १५:२९:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij