२०८२ भाद्र ३ गते मंगलवार
झापा । झापाको कचनकवल गाउँपालिका-१ घेराबारीमा एक घरमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ ।
घेरावारी नेमुबाडी गाउँका गोबर्धन राजवंशीको घरमा राति १२ बजे आगलागी भएको हो । आगोबाट जलेर राजवंशीको मृत्यु भएको स्थानीयबासी नवराज भट्टराईले जानकारी दिए ।
आगोमा परि चौपाया पनि जलेर मरेका नवराज भट्टराईले बताए । घरमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको धनमाल क्षति भएको आँकलन गरिएको छ । घटनास्थलमा प्रहरी टोली पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij