Logo

२०८२ फाल्गुण २२ गते शुक्रवार

२०८२ फाल्गुण २२ गते शुक्रवार

आगो निभाउन गएका १५ किसानमध्ये , १० जनाको जलेर मृत्यु

आगो निभाउन गएका १५ किसानमध्ये , १० जनाको जलेर मृत्यु


  • 2.2K
    Shares

    आगो निभाउन गएका १५  किसानमध्ये , १० जनाको जलेर मृत्यु

    एजेन्सी स् जिम्बाब्वेको दक्षिणी प्रान्त माटाबेलेल्याण्डको एसिगोदिनीमा मंगलबार आगलागी हुँदा १० किसानको जलेर मृत्यु भएको छ।आगो निभाउन गएका १५ जना किसानमध्ये १० जनाको घटनास्थलमा जलेर ज्यान गएको थियो।

    यसैबीच, राष्ट्रपति इमर्सन मनानगाग्वाले देशका गरिब किसानको आगलागीमा मृत्यु भएपछि अग्नि व्यवस्थापन रणनीति बनाउन आह्वान गरेका छन्।

    बुधबार शोक सन्देश जारी गर्दै उनले अग्नि व्यवस्थापन रणनीति विकास गर्नु अपरिहार्य भएको बताउँदै गर्मी याममा आगलागीको जोखिम बढ्ने भएकाले अग्नि जोखिम घटाउन नयाँ राष्ट्रिय रणनीति आवश्यक भएकामा जोड दिए।

    राष्ट्रपति मनानगाग्वाले वातावरण मन्त्रालय र नागरिक संरक्षण विभाग दुवैले आगो नियन्त्रणका लागि तत्काल व्यापक प्रतिकार्य पद्धति विकास गर्नुपर्ने बताए।

    प्रचण्ड गर्मी तथा वर्षा नहुँदा जिम्बाब्वे आगलागीको ठूलो जोखिममा छ। सरकारी अधिकारीहरूले खेतखलियानका झारपातमा आगो नझोस्न किसानहरूलाई सुझाव दिएका छन्।

    प्रकाशित मिति :आश्विन २६ २०७९ बुधवार - १३:४४:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij