Logo

२०८२ पौष ८ गते मंगलवार

२०८२ पौष ८ गते मंगलवार

राधी विद्युत कम्पनीको हकप्रद शेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

राधी विद्युत कम्पनीको हकप्रद शेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन


  • 2.0K
    Shares

    राधी विद्युत कम्पनीको हकप्रद शेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन
    images

    असोज ५ गतेदेखि विक्रीमा आएको राधी विद्युत कम्पनी लिमिटेडको हकप्रद शेयर खरीदका लागि आवेदन दिने असोज २५ गते (आज) अन्तिम दिन रहेको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर १ दशमलव ४७५२ को अनुपातमा हकप्रद शेयर जारी गरेको हो । जस अनुसार प्रतिकित्ता रू. १०० अंकित मूल्यका रू. ९५ करोड ३५ लाख ७६ हजार ९९ बराबरको ९५ लाख ३५ हजार ७६० दशमलव ९९ कित्ता हकप्रद शेयर विक्रीमा रहेको छ ।

    कम्पनीले हकप्रद शेयर निष्काशनका लागि भदौ १२ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा भदौ १० गतेसम्म कायम शेयरधनीहरूले मात्र हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । 

    यो हकप्रद शेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै मुक्तिनाथ विकास बैंकको विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका सम्पूर्ण शाखा कार्यालयहरूबाट पनि आवेदन दिन सकिने व्यवस्था छ । शेयरधनीहरूले मेरोशेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिनेछ ।

     हकप्रद शेयर निष्कासनका लागि गराईएको रेटिङ्गमा क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाइ वित्तीय दायित्व पुरा गर्न मध्यम जोखिममा रहेको संकेत गर्ने इक्रा एनपी आईआर त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । 

    हाल कम्पनीको चुक्तापूँजी रू. ६४ करोड ६४ लाख ४ हजार ६२२ ददशमलव ५० रहेको छ । हकप्रद शेयर निष्कासन तथा बाँडफाँट पश्चात् कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५९ करोड ९९ लाख ८० हजार ७२१ दशमल ५० पुग्नेछ ।

    प्रकाशित मिति :आश्विन २५ २०७९ मंगलवार - १०:११:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij