२०८२ पौष ८ गते मंगलवार
काठमाडौं । जाँचबुझ आयोगले तीन जनाको स्थानहद फुकुवा गरेको छ ।
आयोगले भदौ २३ र २४ गतेको घटनाहरूको छानबिन तथा जाँचबुझको सिलसिलामा अनुसन्धानका लागि दुवाडीसहित पूर्व आईजीपी चन्द्र कुवेर खापुङ र काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालमाथि समेत स्थान हद लगाएकोमा मंगलबार फुकुवा गरेको हो ।
आयोगका उपसचिव कमलप्रसाद पाण्डेले पठाएको उक्त पत्रमा उनीहरूको स्थानहद फुकवा गरिएको र विदेश भ्रमण गर्न समेत पाउने बताइएको छ ।
उनीहरूमाथि आयोगले विदेश भ्रमण र काठमाडौँं उपत्यका छाड्न रोक लगाएको थियो ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij