Logo

२०८२ कार्तिक १५ गते शनिवार

२०८२ कार्तिक १५ गते शनिवार

युक्रेनको राजधानीमा श्रृङ्खलाबद्ध विस्फोट, थुप्रै भवनमा आगलागी

युक्रेनको राजधानीमा श्रृङ्खलाबद्ध विस्फोट, थुप्रै भवनमा आगलागी


  • 2.4K
    Shares

    युक्रेनको राजधानीमा श्रृङ्खलाबद्ध विस्फोट, थुप्रै भवनमा आगलागी
    images

    युक्रेनको राजधानी किभमा एकपछि अर्को गरी श्रृङ्खलाबद्ध विस्फोट भएका छन् । स्थानीय समय अनुसार बिहान ८ बजे विस्फोट भएको थियो ।​ कीभमा यस्तो आक्रमण धेरै महिना पछि भएको हो ।

    रुसलाई क्रिमियासँग जोड्ने एकमात्र पुलमा विस्फोट भएको दुई दिनपछि कीभमा यी श्रृंखलाबद्ध विस्फो सुनिएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पुलमा भएको विस्फोटको लागि युक्रेनलाई दोष दिएका छन् ।

    शनिबार भएको आक्रमणमा तीन जनाको मृत्यु भएको थियो । सोमबार किभमा भएको मिसाइल आक्रमण यसैको प्रतिक्रिया हो भन्ने विश्वास गरिएको छ ।

    कीभमा बीबीसी संवाददाता पल एडम्सले विस्फोट हुनुभन्दा ९० मिनेटअघि हवाई आक्रमणको साइरन बजेको बताए । द्विप्रो र जपोरिज्जियामा राती हमला भएको हो ।

    सामाजिक सञ्जालमा साझा गरिएका तस्विर र भिडियोमा कीभका धेरै भवनहरूबाट धुवाँको मुस्लो उठेको देख्न सकिन्छ । भवन र कार पनि आगोले जलेको देखियो ।

    मध्य कीभमा भएको आक्रमणमा धेरै मानिसको मृत्यु भएको आशंका गरिएको छ । आपतकालीन सेवाले अझै पनि स्पष्ट तथ्याङ्क दिएका छैनन् ।

    प्रकाशित मिति :आश्विन २४ २०७९ सोमवार - ११:५३:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij