२०८२ भाद्र २३ गते सोमवार
माछापुच्छ्रे बैंकले दसैँको बिदाका लागि केही शाखाहरु खुला गर्ने भएको छ । बैंकले ग्राहकको सहजताका लागि विभिन्न स्थानमा दसैँ काउन्टर खुला गर्न लागेको हो ।
बैंकले असोज १६ गते (सप्तमी)का दिन विराटनगर, बर्दिबास, लहान, लाजिम्पाट, कलंकी, बनेपा, पेप्सीकोला, ठिमी, नारायणगढ, ग्वार्को, महेन्द्रपुल, पस्र्याङ, कुश्मा, बुटवल र अत्तरिया शाखा खुला गर्नेछ ।
यसैगरी असोज १७ गते (अष्टमी)का दिन बैंकका इटहरी, जनकपुर, वीरगन्ज, मिर्चैया, न्युरोड, पाटन, कमलविनायक, कौशलटार, हेटौँडा, टाँडी, लेखनाथ, बगर, दमौली, दुलेगौँडा, नेपालगन्ज र महेन्द्रनगर शाखा खुला रहनेछन् ।
असोज १८ गते (नवमी)मा भने बैंकले विराटनगर, बिर्तामोड, दमक, नारायाणटार, कलंकी, सूर्यविनायक, पर्सा, लेकसाइड, बागलुङ, भिमाद, आँबुखैरेनी, परासी र धनगढी शाखा खुला गर्नेछ ।
असोज १९ गते (टीकाका दिन) भने देशभर बैंकका शाखाहरु बन्द रहनेछन् । असोज २० गते (एकादशी) मा बैंकको जनकपुर, राजविराज, डल्लु, पुल्चोक, दमौली, आईबीआईडी, महेन्द्रनगर, डडेल्धुरा, बनेपा र हाकिमचोक शाखाहरु खुला रहेछन् ।
असोज २१ गते (द्वादशी)का दिन बिर्तामोड, आदर्शनगर, चाबहिल, दुलेगैँडा, आँबुखैरेनी, वालिङ, नेपालगन्ज र राजपुर शाखा खुला रहने बैंकले जनाएको छ ।
यी शाखाहरुमध्ये कुनै शाखा बिहान ९ बजेदेखि मध्याह्न १२ बजेसम्म, कुनै बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म र कुनै ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालनमा आउनेछन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij