२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी जनयुद्ध र विस्तृत शान्ति सम्झौतालाई अवमूल्यन गरेर समाज अघि नबढ्ने बताएका छन् ।
‘संघीय लोकतान्त्रिक गणतन्त्रको वास्तविक जननी जनयुद्ध र वृहत शान्ति सम्झौता (जसमा मधेश जनविद्रोह लगायत पूरक बनेका थिए)लाई बिर्सेर वा अवमूल्यन गरेर देश र समाज अघि बढ्दैन है ।
नयाँ पुस्ताले शान्ति सम्झौताको पूर्ण पाठ पढुन् क्रान्तिका एजेण्डा अपहरणमा परे वा नीति र नेतृत्व नमिले यस्तै हुन्छ,’ भट्टराईले लेखेका छन् ।
उनले शान्ति सम्झौताको पूर्ण पाठ पढ्न नयाँ पुस्तालाई आग्रह गरे । शान्ति सम्झौता भएको १४ वर्ष पुगेको अवसरमा शुक्रवार सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै पूर्व माओवादी नेता भट्टराईले क्रान्तिका एजेण्डा अपहरणमा परे वा नीति र नेतृत्व नमिले यस्तै हुने टिप्पणी गरेका हुन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij