Logo

२०८२ फाल्गुण २२ गते शुक्रवार

२०८२ फाल्गुण २२ गते शुक्रवार

जापानका पूर्व प्रधानमन्त्री आबेको अन्तिम संस्कारमा बढी खर्च गरेको भन्दै प्रदर्शन

जापानका पूर्व प्रधानमन्त्री आबेको अन्तिम संस्कारमा बढी खर्च गरेको भन्दै प्रदर्शन


  • 2.0K
    Shares

    जापानका पूर्व प्रधानमन्त्री आबेको  अन्तिम संस्कारमा बढी खर्च गरेको भन्दै प्रदर्शन

    एजेन्सी । जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको अन्तिम संस्कारमा बढी खर्च गरेको भन्दै विरोध सुरु भएको छ । आबेको अन्त्येष्टी समारोहमा १ अर्ब ४८ करोड ७८ लाख १८ हजार(११.४ मिलियन डलर) खर्च हुने अनुमान गरिएको छ।

    आबेको लोकप्रियताका बावजुद जापानका केही मानिसले उनको अन्त्येष्टिको खर्चलाई लिएर विरोध गरिरहेका छन् । जापानभित्रै अन्त्येष्टीमा भएको खर्चका कारण यसको विरोध प्रदर्शन भइरहेको छ ।पछिल्ला केही सातादेखि जापानभित्रै खर्चको विषयलाई लिएर आक्रोश बढेको छ । गत साता अन्त्येष्टिको विरोध गर्दै आएका एक व्यक्तिले प्रधानमन्त्रीको कार्यालय अगाडि आफैंलाई आगो लगाएका थिए ।सोमबार झण्डै १० हजार प्रदर्शनकारी टोकियोको सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका थिए । आबेको अन्त्येष्टिमा विभिन्न देशका प्रतिनिधिहरू टोकियो पुगेका छन्।

    जसमा २० देशका राष्ट्र प्रमुखहरू सामेल छन्। जापानका लोकप्रिय पूर्वप्रधानमन्त्री आबेलाई जुलाई ८ मा चुनावी प्रचारका क्रममा एक व्यक्तिले गोली हानेका थिए । गोली लागे लगत्तै उनी होसमा भए पनि उपचारका लागि लाँदै गर्दा उनको अवस्था गम्भीर बन्दै गएको थियो ।

    प्रकाशित मिति :आश्विन ११ २०७९ मंगलवार - १०:४९:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij