Logo

२०८२ पौष ५ गते शनिवार

२०८२ पौष ५ गते शनिवार

जापानका पूर्व प्रधानमन्त्री आबेको अन्तिम संस्कारमा बढी खर्च गरेको भन्दै प्रदर्शन

जापानका पूर्व प्रधानमन्त्री आबेको अन्तिम संस्कारमा बढी खर्च गरेको भन्दै प्रदर्शन


  • 1.9K
    Shares

    जापानका पूर्व प्रधानमन्त्री आबेको  अन्तिम संस्कारमा बढी खर्च गरेको भन्दै प्रदर्शन
    images

    एजेन्सी । जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको अन्तिम संस्कारमा बढी खर्च गरेको भन्दै विरोध सुरु भएको छ । आबेको अन्त्येष्टी समारोहमा १ अर्ब ४८ करोड ७८ लाख १८ हजार(११.४ मिलियन डलर) खर्च हुने अनुमान गरिएको छ।

    आबेको लोकप्रियताका बावजुद जापानका केही मानिसले उनको अन्त्येष्टिको खर्चलाई लिएर विरोध गरिरहेका छन् । जापानभित्रै अन्त्येष्टीमा भएको खर्चका कारण यसको विरोध प्रदर्शन भइरहेको छ ।पछिल्ला केही सातादेखि जापानभित्रै खर्चको विषयलाई लिएर आक्रोश बढेको छ । गत साता अन्त्येष्टिको विरोध गर्दै आएका एक व्यक्तिले प्रधानमन्त्रीको कार्यालय अगाडि आफैंलाई आगो लगाएका थिए ।सोमबार झण्डै १० हजार प्रदर्शनकारी टोकियोको सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका थिए । आबेको अन्त्येष्टिमा विभिन्न देशका प्रतिनिधिहरू टोकियो पुगेका छन्।

    जसमा २० देशका राष्ट्र प्रमुखहरू सामेल छन्। जापानका लोकप्रिय पूर्वप्रधानमन्त्री आबेलाई जुलाई ८ मा चुनावी प्रचारका क्रममा एक व्यक्तिले गोली हानेका थिए । गोली लागे लगत्तै उनी होसमा भए पनि उपचारका लागि लाँदै गर्दा उनको अवस्था गम्भीर बन्दै गएको थियो ।

    प्रकाशित मिति :आश्विन ११ २०७९ मंगलवार - १०:४९:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij