Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

केपी ओलीको पार्टी ‘डुप्लिकेट’ हो, त्यहाँ अन्धकार मात्रै छ फर्किहाल्नुहोस् : माधव नेपाल

केपी ओलीको पार्टी ‘डुप्लिकेट’ हो, त्यहाँ अन्धकार मात्रै छ फर्किहाल्नुहोस् : माधव नेपाल


  • 10.7K
    Shares

    केपी ओलीको पार्टी ‘डुप्लिकेट’ हो, त्यहाँ अन्धकार मात्रै छ फर्किहाल्नुहोस् : माधव नेपाल

    प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका अध्यक्ष माधव कुमार नेपालले केपी शर्मा ओली नेतृत्वको पार्टी ‘डुप्लिकेट’ भएको बताएका छन्।

    धनगढीमा शनिबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सय जना केन्द्रीय सदस्य लिएर ओलीले डुप्लिकेट पार्टी चलाइरहेको बताएका हुन्। ‘जहाँ ४४० को बहमत जहाँ हुन्छ त्यही पार्टी आधिकारिक हुन्छ’, उनले भने, ‘हामीले निर्वाचन आयोगलाई सबै सदस्यलाई बोलाएर सोध्न भनेका छौँ।’ उनले ४४०मध्ये सय जना पनि नभएको ओलीको पार्टी डुप्लिकेट भएको बताउँदै त्यहाँ गएकालाई फर्किन आग्रह समेत गरे।

    ‘४४० मध्ये ३ सय हामीसँग छन्, ओलीसँग सय जना पनि पुग्दैनन्, सय जना पनि नभएको पार्टी ओर्जिनल हुन्छ कि डुप्लिकेट?’, उनले भने, ‘केपी ओलीको पार्टी त डुप्लिकेट पार्टी हो, नक्कली पार्टी हो, त्यहाँ कोही जानुभएको छ भने फर्किहाल्नुहोस्, त्यहाँ अन्धकार मात्रै छ।’

    अध्यक्ष बहुमत भएकै पक्षमा सूर्य चिन्ह हुने भन्दै सूर्य चिन्ह आफ्नो पक्षले आउनेमा ढुक्क हुन कार्यकर्तालाई आग्रह गरे। उनले अध्यक्ष ओलीको चरित्र कम्युनिस्ट नभएको र उनी कम्युनिस्ट सक्ने अभियानमा सक्रिय भएको आरोप लगाए। उनले प्रतिनिधि सभाको पनस्र्थापन हुने र केपी युगको अन्त्य हुने दावी गरे।

    उनले आफूहरु उदाउँदो सूर्य र केपी ओली अस्ताउँदो सूर्य भएको बताए। उनले ओलीले एमाले र बहुदलीय जनवादको भ्रम छर्ने काम गरेको एमाले र माओवादी मिलेर नयाँ पार्टी बनेको भन्दै अब इतिहासमा फर्कन नमिल्ने बताए।

    प्रकाशित मिति :माघ १७ २०७७ शनिवार - १६:२५:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij