Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

ओली र प्रचण्ड–नेपाल समूहको तानातानमा पूर्वलडाकु

ओली र प्रचण्ड–नेपाल समूहको तानातानमा पूर्वलडाकु


  • 9.9K
    Shares

    ओली र प्रचण्ड–नेपाल समूहको तानातानमा पूर्वलडाकु

    काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीमा विभाजन आएसँगै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूह र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल समूहको तानातानमा पूर्वलडाकु परेका छन् ।

    पार्टी विभाजनपछि आफ्नो समूहलाई बलियो देखाउन दुवै समूहले सशस्त्र संघर्ष तथा विभिन्न आन्दोलनका योद्धा तथा परिवारसँग नजिकिने रणनीति बनाएको पाइएको छ ।

    प्रचण्ड–माधव समूहभन्दा पनि प्रधानमन्त्री ओली पछिल्लोपटक पूर्वलडाकु तथा तीनका कमान्डरसँग बढी नै निकट हुन लागिपरेका छन् । प्रधानमन्त्री ओलीले बालुवाटारमा नै यसअघि पूर्वलडाकुसँग छलफलसमेत गरेका छन् ।

    प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्बाट १० वर्षे सशस्त्र संघर्ष तथा विभिन्न आन्दोलनका घाइते, अपांगता तथा शहीद परिवारका सदस्यलाई सम्मान तथा परिचयनपत्र दिने प्रक्रिया अघि बढाइएका छन् । उनले विभिन्न आन्दोलन तथा संघर्षका घाइते, अपांगता तथा शहीद परिवारलाई आफ्नो समूहमा पार्ने योजनासहित मन्त्रिपरिषद्बाट सम्मान तथा परिचयपत्र उपलब्ध गराउने निर्णय गराएका हुन् । राजधानी दैनिकमा खबर छ । 

    प्रकाशित मिति :माघ १७ २०७७ शनिवार - ११:०७:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij