२०८२ फाल्गुण २७ गते बुधवार
तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज (भदौ ३० गते) २० अर्बको रिपो जारी गर्ने भएको छ।
बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले ७ दिने रिपो जारी गर्न लागेको हो। बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ।
वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले आउँदो असोज ६ गते परिपक्व हुने यो रिपो आज दिउँसो ३ बजे बोलकबोलमार्फत खरिद गर्न सक्नेछन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij