२०८२ माघ ८ गते बिहिवार
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको निरंकुशता धेरै नटिक्ने दाबी गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध बुटवलमा आयोजना गरिएको विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले केपी ओलीले जनताका सपनामाथि कुठाराघात गरेको आरोप लगाउँदैं ‘केपी ओलीको निरंकुशता चुट्कीको भरमा ध्वस्त हुने’ बताए।
सभालाई सम्बोधन गर्दै उनले केपी ओलीबाट संविधान र लोकतन्त्रको हत्या भएको भन्दै त्यसको रक्षाका निम्ति अपील गर्न आफू आएको बताए। पार्टी एकताको मर्म विपरित केपी ओलीले तीन वर्ष नबित्दै एकताको सहमती तोड्ने काम गरेर ‘आज आफ्नै पार्टी भित्र आफैंले बनाएको प्रधानमन्त्री र अध्यक्ष निरंकुशताको एजेन्ट जस्तो देखा परेको’ प्रचण्डको आरोप थियो।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले श्री ३ महाराज बन्ने सपना देखेको जिकिर गरे ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij