Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

अब युट्युबबाटै नेटफ्लिक्स र अमेजन प्राइम सब्सक्राइब गर्न सकिने !

अब युट्युबबाटै नेटफ्लिक्स र अमेजन प्राइम सब्सक्राइब गर्न सकिने !


  • 2.5K
    Shares

    अब युट्युबबाटै नेटफ्लिक्स र अमेजन प्राइम सब्सक्राइब गर्न सकिने !

    अब युट्युबबाट विभिन्न भिडिओ स्ट्रिमिङ प्लेटफर्महरू खरिद गर्न सकिने भएको छ । स्ट्रिमिङ प्लेटफर्महरूलाई एकै ठाउँबाट खरिद गर्न सकिनेगरी युट्युबले आफ्नो नयाँ प्लेटफर्म ‘च्यानल स्टोर’ ल्याउन लागेकाे छ ।

    हाल युट्युबमा विभिन्न स्ट्रिमिङ प्लेटफर्महरूमा आउने सामग्रीका ट्रेलरहरू निःशुल्क रुपमा हेर्न सकिन्छ । तर अब भने यसलाई आम्दानीको बाटो बनाउनेतिर युट्युब लागेको छ ।

    युट्युबकाे ‘च्यानल स्टाेर’ले प्रयाेगकर्तालाई युट्युब एपमार्फत व्यक्तिगत स्ट्रिमिङ सेवाहरू छनाेट र खरिद गर्न अनुमति दिनेछ।

    यसका लागि कम्पनीले विभिन्न स्ट्रिमिङ सेवा दिइरहेको कम्पनीहरूसँग सहकार्यको लागि सम्झौता पनि गरिरहेको बताइएको छ । युट्युब टिभी सेवाले ६५ डलर प्रति महिनामा ८० भन्दा बढी च्यानलहरू प्रदान गर्ने बताएको छ ।

    धेरै स्ट्रिमिङ सेवाहरुका छुट्टाछुट्टै सदस्यता लिनुभन्दा युट्युबकाे ‘च्यानल स्टाेर’ कतै न कतै बढी सुविधाजनक हुनसक्छ ।

    यो नयाँ याेजनाले सैद्धान्तिक रूपमा छुट्टै स्ट्रिमिङ अकाउन्टहरू र भुक्तानी प्रमाणहरूको आवश्यकता कम गर्छ। साथै प्रयोगकर्ताले गुगल अकाउन्टमार्फत नै सदस्यताका लागि भुक्तान गर्न पनि सक्नेछन् ।

    प्रकाशित मिति :श्रावण ३१ २०७९ मंगलवार - १४:११:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij