२०८२ कार्तिक १४ गते शुक्रवार
 
                                                    सत्तारुढ नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले त्रिभुवन विश्वविद्यालयमा हुबहु दोहोरिएको प्रश्नपत्र छानबिनका लगि गठित समितिले आफ्नो प्रतिवेदन नबुझाएकोमा आपत्ति जनाएको छ।
अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले विज्ञप्ति जारी गर्दै छानबिनको नाममा दोषीलाई उन्मुक्ति दिन खोजिएको आरोप लगाएकी छन्।
‘एक महिना बितिसक्दा पनि हुबहु दोहोरिएको प्रश्नपत्र छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छैन। कतै छानबिनको नाममा प्राविधिक त्रुटी भन्दै दोषीलाई भित्रभित्रै उन्मुक्ति दिने षड्यन्त्र भैरहेको त छैन?’ अखिल क्रान्तिकारीले विज्ञप्तिमा भनेको छ, ‘सत्य तथ्य बाहिर ल्याउन गठित समिति स्वयं कतै घटनालाई लुकाउने काम गरिरहेको त छैन? आज छानबिन समितिमाथि नै छानबिन गर्नु पर्ने डरलाग्दो अवस्था निर्माण हुन थालेको देखिन्छ।’
व्यवस्थापन संकायको प्रश्नपत्र दोहोरिएको घटना छानबिनका लागि बनाइएको छानबिन समितिको प्रतिवेदन सत्य तथ्य सहित तत्काल सार्वजनिक गर्न समेत अखिल क्रान्तिकारीले माग गरेको छ।
ट्रान्स्कृप्ट, प्रोभिजनल, माइग्रेसनको लागि देशका विभिन्न क्याम्पसबाट फेरि पनि त्रिभुवन विश्वविद्यालय धाउन पर्ने अवस्था रहिरहे विश्वविद्यालयका विरुद्ध आन्दोलन गर्ने समेत उसले चेतावनी दिएको छ।

 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij