Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

जेनजीका माग पूरा गर्ने सन्दर्भमा सरकारले ‘म एक्लै छु’ भन्नु पर्दैन, रास्वपा पनि सँगै छ: रवि लामिछाने

जेनजीका माग पूरा गर्ने सन्दर्भमा सरकारले ‘म एक्लै छु’ भन्नु पर्दैन, रास्वपा पनि सँगै छ: रवि लामिछाने


  • 1.5K
    Shares

    जेनजीका माग पूरा गर्ने सन्दर्भमा सरकारले ‘म एक्लै छु’ भन्नु पर्दैन, रास्वपा पनि सँगै छ: रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचनको पक्षमा आफूहरू सरकारको साथमा रहेको प्रतिबद्धता जनाएका छन् । आइतबार केन्द्रीय कार्यालय वनस्थली पुगेका उनले जेनजीको माग पुरा गर्ने सर्तमा रास्वपाले सरकारलाई साथ दिने प्रतिबद्धता जनाएका हुन् । 

    ‘निर्वाचनमा जानुको विकल्प छैन । साथै जेनजीले उठाएका माग पुरा गर्नुको पनि विकल्प छैन । जेनजीको माग पुरा गर्ने, सुशासन खडा गर्ने र निर्वाचन गराउने विषयमा सरकारले एक्लै छु भन्नुपर्दैन ।

    ‘हामीले सरकारलाई भनेका छौँ, जेनजीका माग पूरा गर्ने सन्दर्भमा, सुशासन कायम गर्ने सन्दर्भमा र निर्वाचन गराउने सन्दर्भमा सरकारले ‘म एक्लै छु’ भन्नु पर्दैन, रास्वपा पनि सँगै छ,’ उनले भने, ‘तर सरकारले यो पनि बुझ्नुपर्छ कि त्यो समर्थन निशर्त होइन।

    उनले भागेका केही शक्तिहरू निर्वाचन बिथोल्न लागेको आरोप समेत लगाए । उनीहरू आफ्नै मान्छे खटाएर घटना घटाउने काममा लागेको उनले जिकिर गरे ।

    प्रकाशित मिति :पौष ६ २०८२ आइतवार - १७:२१:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij