२०८२ कार्तिक १४ गते शुक्रवार
 
                                                    शिक्षक र कर्मचारीको समान रूपमा तलबवृद्धि गर्न नेपाल राहत शिक्षक केन्द्रीय समितिले माग गरेको छ ।
अध्यक्ष खेमराज अधिकारी र महासचिव कुमार बजगाईद्वारा हस्ताक्षरित अर्थ मन्त्रालयलाई बुधबार ध्यनाकर्षण गरिएको पत्रमा समान तलब हुनुपर्ने बताइएको छ ।
पत्रमा भनिए को छ, ‘निर्वाचनको मुखमा गरिएको विभेदपूर्ण निर्णय अविलम्ब फिर्ता लिई सबै तहका शिक्षक कर्मचारीको तलब वृद्धि समान ढंगले गर्न पुनःध्यानाकर्षण गराउँदै अन्यथा भए निर्वाचनका बेला शिक्षक के हो र शिक्षकको समाजमा कुन भूमिका हुन्छ र त्यसले निर्वाचनमा कस्तो प्रभाव पार्छ ? भन्ने प्रश्नको जवाफ सुन हेर्न प्रतिक्षा गर्नुहुन सम्बन्धित सबैमा आग्रह गर्दछौं ।’
चालु आर्थिक वर्ष २०७९/८० का लागि अर्थ मन्त्रालयले गत जेठ १५ गते बजेट सार्वजनिक गरेको थियो । मन्त्रालयले विद्यालय कर्मचारीबाहेक सबै कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको थियो ।

 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij