Logo

२०८२ पौष ८ गते मंगलवार

२०८२ पौष ८ गते मंगलवार

हिमालयन र सिभिल बैंकको मर्जरलाई राष्ट्र बैंकको सैद्धान्तिक स्वीकृति

हिमालयन र सिभिल बैंकको मर्जरलाई राष्ट्र बैंकको सैद्धान्तिक स्वीकृति


  • 4.3K
    Shares

    हिमालयन र सिभिल बैंकको मर्जरलाई राष्ट्र बैंकको सैद्धान्तिक स्वीकृति
    images

    हिमालयन बैंक र सिभिल बैंकको मर्जरलाई नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको छ। राष्ट्र बैंकको बुधार बसेको सञ्चालक समिति बैठकले मर्जरको लागि स्वीकृति प्रदान गरेको हो। 

    हिमालयन बैंक र सिभिल बैंकले गत असार २९ गते मर्जर सम्झौता गरेका थिए। सम्झौतापत्रअनुसार सञ्चालक समितिका अध्यक्ष हिमालयन बैंकको रहने तथा प्रमुख कार्यकारी अधिकृत हिमालयन बैंकका सीईओ अशोक राणा हुनेछन्। 

    १००ः८१ को सेयर अनुपातमा हिमालयन र सिभिल बैंकबीच मर्जर हुन लागेको हो। अर्थात् सिभिल बैंकको १०० कित्ता सेयर हुनेले हिमालयन बैंकमा ८१ कित्ता सेयर हुनेछ।

    मर्जर प्रक्रिया पुस महिना अगाडि नै सक्याउने गरी दुई बैंकले तयारी गरेका छन्। त्यस्तै बुधबारको बैंठकले सीवाइसी लघुवित्त र आँधीखोला लघुवित्तको मर्जरलाई समेत स्वीकृत प्रदान गर्ने भएको हो।

    प्रकाशित मिति :श्रावण २६ २०७९ बिहिवार - १२:३८:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij