Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

फागुनदेखि काठमाडौं–भेडेटार र इलाममा पर्यटक बस चल्ने

फागुनदेखि काठमाडौं–भेडेटार र इलाममा पर्यटक बस चल्ने


  • 7.8K
    Shares

    फागुनदेखि काठमाडौं–भेडेटार र इलाममा पर्यटक बस चल्ने
    images

    काठमाडौं । पर्यटन व्यवसायलाई विस्तार तथा प्रवर्द्धन गर्ने उद्देश्यले पर्यटक बस सेवा विस्तार हुने क्रम तीब्र छ।

    काठमाडौंलाई आधार बनाएर र अन्य मुख्य शहरबाट विभिन्न गन्तव्यमा पर्यटक बस सेवा विस्तार भइरहेको छ । यसैक्रममा आन्तरिक पर्यटनमा पूर्वलाई काठमाडौंसँग पर्यटक बस सेवाबाट जोड्ने उद्देश्यले फागुन पहिलो साताबाट पर्यटक बस सञ्चालन गरिने भएको छ। फागुन पहिलो साताबाट काठमाडौं–भेडेटार र काठमाडौं–इलाम पर्यटक बस सेवा सञ्चालन हुनेछ ।

    नेपाल पर्यटक यातायात व्यवसायी संघको सक्रियता र नेपाल पर्यटन बोर्डको पहलमा पर्यटक बस सेवा चल्ने भएको हो । सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गरी २७ सिटर पर्यटक बस सेवा सञ्चालन गरिनेछ। हाल काठमाडौंबाट पोखरा, चितवन, लुम्बिनी, जनकपुर र वीरगञ्जका लागि पर्यटक बस सेवा उपलब्ध छ ।

    नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मी पर्यटन प्रवर्द्धन र बस सेवासँगै गुणस्तरको वृद्धिले नै पर्यटनले आशातीत प्रतिफल पाउने बताए । नेपालको पर्यटक यातायात क्षेत्रमा करिब १ अर्ब ५७ करोड रुपैयाँ लगानी रहेको पर्यटन मन्त्रालयले कोभिडको समयमा गरेको अध्ययनले देखाएको छ । पर्यटक यातायात क्षेत्रले बैंकबाट ७१ करोड रुपैयाँ ऋण लिएका छन् भने उनीहरुले करिब २ करोड ४ लाख मासिक किस्ता तिर्दै आएको अध्ययननमा उल्लेख छ ।

    प्रकाशित मिति :माघ १२ २०७७ सोमवार - १५:५१:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij