Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

भारतकाे कोरोना खोप बनाउने कारखानामा भीषण आगलागी हुँदा भयो यति धेरै क्षति

भारतकाे कोरोना खोप बनाउने कारखानामा भीषण आगलागी हुँदा भयो यति धेरै क्षति


  • 6.0K
    Shares

    भारतकाे कोरोना खोप बनाउने कारखानामा भीषण आगलागी हुँदा भयो यति धेरै क्षति

    भारतकाे पुणेस्थित कोरोनाविरुद्ध खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डियामा बिहीबार भएको भीषण आगलागीबाट हजार करोड भारतीय रुपैयाँ बराबरकाे आर्थिक नाेक्सान भएकाे छ।

    कम्पनीका कार्यकारी अधिकृत अदार पुनावालाले आगलागीबाट हजार करोडभन्दा बढीको सम्पत्ति क्षति भएको जानकारी दिएका हुन्। तर कोरोनाविरुद्ध खोपको आपूर्तिमा भने यसले कुनै असर नपरेको उनले बताए। सिरम कम्पनीमा बिहीबार भीषण आगलागी हुँदा ५ जनाको मृत्युसमेत भएको थियो।

    कम्पनीका सीईओ पुनावालाले भनेका छन्, ‘यसको असर कोरोनाविरुद्ध खोप उत्पादनमा पर्दैन। हामीले धेरै कारखानाबाट खोप बनाइरहेका छौं। तर बीसीजी इन्जेक्सनको आपूर्ति प्रभावित हुन सक्छ। यस घटनाबाट ठूलो आर्थिक क्षति भयो।’

    यसैबीच सीईओ पुनावालाका पिता एवं कम्पनीका सीएमडी सायरस पुनावालाले आगालगीमा परी मृत्यु भएका पाँच परिवारका परिवारलाई जनही २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको बीबीसी हिन्दीले जनाएको छ।

    प्रकाशित मिति :माघ १० २०७७ शनिवार - ०९:४३:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij