Logo

२०७९ आषाढ १३ गते सोमवार

images

बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

खबर सेन्टर

९ आषाढ २०७९
  • 239
    SHARES
  • images
    बढ्यो सुनको मूल्य
    images

    सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले बढेर रु ९७ हजार ५०० पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार ३०० मा कारोबार भएको थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार छ ।

    यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार ८०० थियो ।त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार २५० तोकिएको महासङ्घले जनाएको छ ।

    images
    प्रकाशित मिति :आषाढ ९ २०७९ बिहिवार - ११:२१:५० बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार