नेपाल राहत शिक्षक केन्द्रीय समितिले आफूसँग गरिएको सहमति कार्यान्वयन नभए सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएकाे छ ।
नेपाल शिक्षक महासंघको रोहबरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग दुई पटक सम्झौता गरिएको भन्दै समितिले संघीय शिक्षा ऐन बनाउँदा आफ्ना माग उल्लेख गर्नुपर्ने बताएकाे छ ।
अध्यक्ष खेमराज अधिकारी र महासचिव कुमार बजगाईंले मंगलबार विज्ञप्ति जारी गर्दै सहमति कार्यान्वयन गर्न माग गरेका छन् ।समितिले सामुदायिक विद्यालयमा कार्यरत राहत शिक्षककाे पेशागत स्थायित्वको पनि माग गरेकाे छ । (वेबटिभी खबर))