२०८२ कार्तिक १५ गते शनिवार
 
                                                    शिक्षक सेवा आयोगले यही असार १८ गते सञ्चालन गर्ने माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाको केन्द्र ताेकेकाे छ । विहान ८ बजेदेखि सञ्चालन हुने लिखित परीक्षाको केन्द्र आयोगले ताेकेकाे हाे ।
आयोगको बिहीबारको निर्णयअनुसार आयोगको नियमावली, २०५७ को नियम ९ को उपनियम (१) को खण्ड (ग) वा नियम ९ को उपनियम (७) बमोजिम तोकिएको न्यूनतम योग्यता र तालिम वा योग्यता पुगेका इच्छुक उम्मेदवारहरूका लागि गत चैत ३० गते आवेदन खुलाइएको थियो ।
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij