Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

डिशहोमको एसएमई इन्टरनेट प्याकेजः एफयूपी नलाग्ने र उच्च गतिको अन्तर्राष्ट्रिय ब्यान्डविथ पाइने, यस्तो छ मूल्य सूची!

डिशहोमको एसएमई इन्टरनेट प्याकेजः एफयूपी नलाग्ने र उच्च गतिको अन्तर्राष्ट्रिय ब्यान्डविथ पाइने, यस्तो छ मूल्य सूची!


  • 3.7K
    Shares

    डिशहोमको एसएमई इन्टरनेट प्याकेजः एफयूपी नलाग्ने र उच्च गतिको अन्तर्राष्ट्रिय ब्यान्डविथ पाइने, यस्तो छ मूल्य सूची!

    डिशहोम फाइबरनेटले साना तथा मझौला कम्पनीहरूका लागि एसएमई प्लान सार्वजनिक गरेको छ । कम्पनीले एफयूपी नलाग्ने प्रिमियम स्टेबल ब्याण्डविथ सहितका आकर्षक प्याकेज ल्याएको हो ।

    जसमा ग्राहकले अनलिमिटेड युज, मल्टिपल युजर सपोर्ट, पब्लिक आईपी किन्न मिल्ने, डाउनलोड र अपलोड स्पीड धेरै भएको सेवा, चौबीसै घण्टा लेभल २ र लेभल ३ ग्राहक सेवा, उच्च अन्तर्राष्ट्रिय व्याण्डविथ, छिटो छरितो मर्मत सम्भार जस्ता सुविधाहरू पाउन सक्नेछन् ।

    कम्पनीको एसएमई योजनामा ५० एमबीपीएसदेखि ३०० एमबीपीएससम्मका विभिन्न प्याकेज रहेका छन् । त्यसका लागि कम्पनीले फरक फरक दररेट तोकेको छ ।

    ५० एमबीपीएस प्याकेजका लागि वार्षिक १९ हजार रुपैयाँ तिर्नुपर्नेछ भने ३०० एमबीपीएसका लागि वार्षिक ७५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । त्यस्तै सेवा नवीकरणमा पनि कम्पनीले विभिन्न शुल्क तय गरेको छ ।

    यस किसिमका प्याकेजमा क्याम्पस वाईफाई र मिनि क्याम्पस वाईफाई जस्ता नयाँ प्रविधिको सपोर्ट समेत पाउन सकिनेछ । डिशहोमको एसएमई प्याकेज बुक तथा अर्डर गर्न यहाँ क्लिक गर्न सक्नुहुनेछ ।

    यस्तो छ मूल्य सूची

    283582505_5144270015662250_3571345502057924936_n.png

    प्रकाशित मिति :जेठ १३ २०७९ शुक्रवार - ११:००:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij