२०८२ पौष ५ गते शनिवार
अमेरिकाको टेक्सास राज्यको एक विद्यालयमा गोली चल्दा १९ बालबालिका सहित २१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १९ जना बालबालिका र २ शिक्षक रहेको पुष्टि भएको छ ।
सात देखि १० वर्षका बालबालिकाहरू अध्ययन गर्ने एक प्राथमिक विद्यालय (रब एलिमेन्ट्री स्कूल)मा १८ वर्षीय बन्दुकाधारीले गोली चलाउँदा १९ बालबालिका, १ शिक्षकका साथै एक युवककोे मृत्यु भएको छ । आक्रमणकारी १८ वर्षीय ती आक्रमणकारीको पनि मृत्यु भएको बताइएको छ ।
टेक्ससका गभर्नर ग्रेग याबटले आक्रमणकारीले पेस्तोल प्रयोग गरेको र राइफलको पनि प्रयोग हुन सक्ने बताइएको छ । घटनापछि दुःख व्यक्त गर्दै अमेरिकी राष्ट्रपति जो बाइडनले मृतकहरूको सम्झनामा तीन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउन निर्देशन दिएका छन् ।
गभर्नर याबटले सो स्कूल पुग्नुअघि बन्दुकधारीले आफ्नी हजुरआमालाई समेत गोली हानी हत्या गरेको विवरण सार्वजनिक भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij