साहस उर्जा लिमिटेडले चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा ५८ करोड बढी नाफा कमाएको छ ।
कम्पनीले हालै सार्वजनिक गरेको वित्तिय विवरण अनुसार चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५८ करोड १३ लाख नाफा कमाएको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ७५ प्रतिशतले वृद्धि भएको छ । गत आवमा रू।३३ करोड १२ लाख नाफा कमाएको थियो ।
कम्पनीको कूल आम्दानी गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ७४ प्रतिशतले वृद्धि भएको छ । गत आवमा कम्पनीको कुल आम्दानी ३३ करोड ४१ लाख रहेकोमा चालू आवमा बढेर ५८ करोड ३९ लाख पुगेको छ।
चुक्तापूँजी ३ अर्ब ५० करोड रहेको उक्त कम्पनीले भने चालू आवको तेस्रो त्रैमासमा जगेडामा १ अर्ब ९८ करोड सञ्चित गरेको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २२. १५(वार्षिकिकरण), मूल्य आम्दानी अनुपात २६.७३ गुणा र प्रतिशेयर नेटवर्थ १५६.८४ रहेको छ ।