२०८२ पौष ७ गते सोमवार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ४४औँ वार्षिक साधारण सभा बोलाएको छ । सभा पुष २९ गते युएनआई शान्तिमार्ग काठमाडौंमा बिहान ११ बजे बस्ने गरी बोलाएको हो ।
सभाले लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । नेप्से सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१\८२ को नाफाबाट चुक्ता पुँजी १ अर्ब रुपैयाँको करसहित ८५ प्रतिशतका दरले ८५ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
नेप्सेको सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन सहितको वित्तीय विवरण, नाफा नोक्सान तथा अन्य आयको विवरण, नगद प्रवाह विवरण छलफल गरी पारित गर्नेछ ।
साथै, चालु आर्थिक वर्ष २०८२\८३ को लागि महालेखापरीक्षकको कार्यालयबाट परामर्श प्राप्त हुने लेखापरीक्षकलाई नेप्सेको लेखापरीक्षकमा नियुक्ति गर्ने तथा निजको पारिश्रमिक र सेवा, शर्त तोक्नेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij