Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

रक्तदाता प्रेमसागरकाे पनि काठमाडौंको मेयरमा उम्मेद्वारी, को हुन् प्रेमसागर कर्माचार्य ?

रक्तदाता प्रेमसागरकाे पनि काठमाडौंको मेयरमा उम्मेद्वारी, को हुन् प्रेमसागर कर्माचार्य ?


  • 9.5K
    Shares

    रक्तदाता प्रेमसागरकाे पनि काठमाडौंको मेयरमा उम्मेद्वारी, को हुन् प्रेमसागर कर्माचार्य ?

    नेपालमा सबैभन्दा धेरै पटक रक्तदान गर्ने सतक रक्तदाता एवं सामाजिक अभियन्ता प्रेमसागर कर्माचार्य काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेद्धारी दिएका छन्। आगामी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा उनले नेपाल उन्नत पार्टीको तर्फबाट महानगरको मेयर पदमा उम्मेद्धारी दिएका हुन्।

    हो यिनै व्यक्ति हुन् जसलाई तपाईहरुले देख्नु भेट्नु भएको पनि होला, कुराकानी गर्नु भेको पनि होला, अस्पतालहरुमा उपचारको क्रममा तपाई वा तपाईका प्रियजनहरुलाई जसको आफ्नै र जसले उपलब्ध गराइदिएको रगत उहांहरुको नसानसामा बगिरहेको पनि होला, जसको "रक्तदान गरी गरौ जीवन दान" बोलको गीत चोक चोकमा गुंजिरहेको सुन्नु भएको पनि होला ।

    हो, उहां नै हुनुहुन्छ "नेपाल स्वयमसेवी रक्तदाता समाज" का राष्ट्रिय अध्यक्ष तथा १६९ पटक रक्तदान गरिसक्नु भएका शतक रक्तदाता श्री प्रेमसागर कर्माचार्य जसले "उन्नत लोकतंत्र पार्टी" को तर्फबाट काठमाडौं महानगर पालिका मेयर पदको चुनावमा उम्मेदवारी दिनु भएको छ । मतपत्रको खुला किताब चिन्हमा छाप लगाई समाजसेवी उम्मेदवार श्री प्रेमसागर कर्माचार्यलाई अत्यधिक भोटले शानदार विजय दिलाऔं ।

    बेजोड सामाजिक पूंजीका धनी श्री कर्माचार्यले समाजसेवाको घेरालाई फराकिलो पार्दै अभाव र अव्यवस्थाले ग्रस्त अस्तव्यस्त काठमाडौं महानगरलाई अरु विनास र पतन हुनबाट जोगाउन यसका नसानसामा ताजा रक्त संचार गरेर जीवन दान गर्नु हुनेछ र गौरव तथा वैभवलाई पुनर्जीवित एवं संरक्षण गरेर सफा, सुन्दर, समृद्ध, जीवित सांस्कृतिक महानगरको रुपमा विश्व सामु प्रस्तुत गर्न सफल हुनु हुनेछ ।

    278577415_1684967248530264_7352851913659890760_n.jpg

    उनले भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्न महानगरको मेयर पदमा उम्मेद्धारी दिएको बताएका छन्। ५७ वर्षीय कर्माचार्य नेपाल स्वंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष हुन्। कर्मचार्यसहित काठमाडौंको मेयरका लागि ५६ जनाले उम्मेदवारी दिएका छन्।

     

    प्रकाशित मिति :बैशाख १८ २०७९ आइतवार - ११:२३:२४ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij