२०८२ माघ ७ गते बुधवार
दैलेख । जिल्लाको नारायण नगरपालिका–११ विन्ध्यबासिनीकी १८ वर्षीया दीपा बिकको सुत्केरी भए लगत्तै मुत्यु भएको छ। दिपा सहित नवजात शिशुको समेत बुधबार राती मृत्यु भएको हो।
कर्णाली प्रदेश अस्पताल सुर्खेतमा शल्यक्रिया गरी पहिलो सन्तानलाई जन्म दिएलगत्तै नवजात शिशु र सुत्केरी दीपाको ज्यान गएको मृतकका देवर पूर्ण बिकले जानकारी दिए ।
मंगलबार बिहान भगवतीमाई गाउँपालिका–२ रुम माइतीघरको आँगनमा चिप्लिएर पेटमा ठक्कर लागेर दुखाइ बढेपछि उनलाई उपचारका लागि सुर्खेत पुर्याइएको थियो ।
स्वास्थ्यकर्मीले मंसिर २५ गते बच्चा जन्मने मिति तोकेको भए पनि पेटमा लागेको चोटका कारण बालकको मृत्यु भइसकेकोले आमाको प्राण जोगाउन चिकित्सकले सिएस गरेका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij