Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

एक्कासि भारतमा कोरोनाको चौथो लहरको संकेत देखियो

एक्कासि भारतमा कोरोनाको चौथो लहरको संकेत देखियो


  • 4.6K
    Shares

    एक्कासि भारतमा कोरोनाको चौथो लहरको संकेत देखियो
    images

    भारतमा कोरोना संक्रमितको संख्या एक्कासि बढेसँगै चौथो लहरको संकेत देखिएको छ । नोयडा र गाजियावादको विद्यालयका विद्यार्थीमा ठूलो संख्यामा कोरोना देखिएकाले यसलाई चौथो लहरको संकेतका रूपमा लिन सकिने विज्ञहरूले बताएका छन् ।

    यस्तै, दिल्लीमा पछिल्लो २४ घण्टामा थप २ सय ९९ मा संक्रमण देखा परेको छ । यो संख्या २ दिनअघिको तुलनामा १ सय १८ प्रतिशत बढी हो । दिल्लीमा कोभिड संक्रमण दर शून्य दशमलव ५ प्रतिशतबाट बढेर २ दशमलव ७० प्रतिशत पुगेसँगै भारतको स्वास्थ्य मन्त्रालयले पुनः सतर्कता अपनाउन सर्वसाधारणलाई आह्वान गरेको छ ।

    विज्ञहरूले भारतमा जुन र जुलाई महिनामा कोरोनाको संक्रमण बढ्ने र सेप्टेम्बर महिनासम्म रहने अनुमान गरेका छन् । यद्यपि, अधिकांशले कोरोनाविरुद्धको बुस्टर डोजसमेत लगाइसकेकोले दोस्रो लहरजस्तो घातक नहुने विज्ञको भनाइ छ ।कोरोना संक्रमणबाट जोगिन सामाजिक दूरी, हातको सरसफाइ र मास्क लगाउनेजस्ता प्रमुख तीन सुरक्षा प्रोटोकल अपनाउन छाड्न नहुनेमा चिकित्सकहरूले जोड दिएका आएका छन् ।

    यसै साताको शुरूमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कर्नाटकका स्वास्थ्यमन्त्रीले जुन र जुलाई महिनामा चौथो लहर आउने उल्लेख गर्दै राज्यले थप क्षति हुन नदिन आवश्यक तयारी गरेको बताएका थिए ।

    प्रकाशित मिति :बैशाख २ २०७९ शुक्रवार - ०६:३२:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij