Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

विवेकशील साझा पार्टीद्वारा काठमाडौँको मेयर र उपमेयरमा दुवै महिला उम्मेदवार घोषणा

विवेकशील साझा पार्टीद्वारा काठमाडौँको मेयर र उपमेयरमा दुवै महिला उम्मेदवार घोषणा


  • 3.6K
    Shares

    विवेकशील साझा पार्टीद्वारा काठमाडौँको मेयर र उपमेयरमा दुवै महिला उम्मेदवार घोषणा

    स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिको मेयर र उपमेयरका लागि विवेकशील साझा पार्टीले दुवै जना महिलालाई अघि सारेको छ।

    ‘देशको राजधानी इमानदार, सक्षम र परिपक्व दुई जना महिलालाई जिम्मा लगाऊँ, राजधानीको गौरव पुनर्स्थापित गरौँ’ नाराका साथ दुई जना महिला उम्मेदवार अघि सार्ने निर्णय भएको हो।

    सो पार्टीको केन्द्रीय कार्य सम्पादन समितिले समीक्षा बाँस्कोटालाई मेयर तथा कीर्ति तुलाधरलाई उपमेयरको उम्मेदवार बनाउने निर्णय भएको छ ।

    प्रवक्ता  शरदराज पाठकका अनुसार बास्कोटा वागमती प्रदेशकी पूर्व संयोजक तथा केन्द्रीय कार्य सम्पादन समितिकी सदस्य हुन् । गत निर्वाचनमा काठमाडौँ-१ ‘क’ बाट प्रदेशसभाको उम्मेदवारसमेत बनेकी बाँस्कोटाले २७ प्रतिशत मत ल्याएर तेस्रो स्थान हासिल गरेकी थिइन् ।

    उपमेयरकी उम्मेदवार तुलाधर सो पार्टीका केन्द्रीय सदस्य हुन् । नेपाल जेसीजको तीनजना महिला राष्ट्रिय अध्यक्ष मध्येकी एक तुलाधर अन्तर्राष्ट्रिय जेसीजको पनि दक्षिण एसियाबाटै पहिलो महिला उपाध्यक्ष भएकी थिइन् । 

    ‘विश्वकै विशिष्ट पहिचान बोकेको काठमाडौँ पछिल्ला दशकहरूमा क्रमिकरूपले ध्वस्त भएको परिप्रेक्षमा महानगरपालिकालाई दुई जना इमानदार, सक्षम, परिपक्व र परिवर्तनका लागि प्रतिबद्ध महिलालाई जिम्मा लगाउन सकेको खण्डमा, देशको मुहार परिवर्तनको सुरुवात हुने’ विश्वास पार्टी अध्यक्ष रवीन्द्र मिश्रले व्यक्त गरेका छन्।

    प्रकाशित मिति :चैत्र २८ २०७८ सोमवार - १२:३६:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij