Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

वर्ल्डलिङ्कले ल्यायो एक जीबीपीएस गतिको इन्टरनेट: अब २०० एमबीपीएसको मात्र १२ सय रुपैयाँ, अन्य के छ सेवा-सुविधा ?

वर्ल्डलिङ्कले ल्यायो एक जीबीपीएस गतिको इन्टरनेट: अब २०० एमबीपीएसको मात्र १२ सय रुपैयाँ, अन्य के छ सेवा-सुविधा ?


  • 4.1K
    Shares

    वर्ल्डलिङ्कले ल्यायो एक जीबीपीएस गतिको इन्टरनेट: अब २०० एमबीपीएसको मात्र १२ सय रुपैयाँ, अन्य के छ सेवा-सुविधा ?

    काठमाडौं । वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले एक जीबीपीएस गतिको इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ । शनिबार आयोजित वर्ल्डलिङ्क कार्निभल २.० कार्यक्रमको अवसरमा कम्पनीले यो नयाँ प्याकेज ल्याएको हो ।

    वर्ल्डलिङ्कका अनुसार यो प्याकेज प्रविधिबाट उत्साहित हुने, रचनात्मक कार्यमा रुचि राख्ने, गेमर र स्ट्रिमर जस्ता उच्च रेजोलुसनमा स्ट्रिमिङ गर्ने, थुप्रै डिभाइस तथा उच्च अपलोड स्पिड आवश्यक पर्ने ग्राहकहरूका लागि उपयुक्त हुनेछ । कम्पनीले एक जीबीपीएस गतिको इन्टरनेट प्याकेजका लागि एक वर्षको मूल्य ३९ हजार ९९९ रुपैयाँ तोकेको छ ।

    यसरी वार्षिक प्याकेज लिने ग्राहकलाई यो प्याकेज लिँदा मासिक तीन हजार तीन सय ३३ रुपैयाँ पर्न आउँछ । यो प्याकेज लिन चाहने ग्राहकले राउटरको लागि ५०० रुपैयाँ डिपोजिट राख्नुपर्नेछ ।

    जसमा डुअल ब्यान्ड राउटर र ड्रप वायर निःशुल्क पाइनेछ । तर यदि मेश वाईफाई सिस्टम राख्न चाहनुहुन्छ भने त्यसका लागि अतिरिक्त शुल्क लाग्ने कम्पनीले जनाएको छ । यो प्याकेजमा नेटटिभी जडान गर्न चाहेको खण्डमा एउटा सेट टप बक्स निःशुल्क रुपमा उपलब्ध गराइनेछ ।

    जसका लागि पाँच सय रुपैयाँ डिपोजिट राख्नुपर्ने उल्लेख छ । त्यसपछि दोस्रो एसटीबी राख्दा त्यसका लागि दुई हजार रुपैयाँ शुल्क तथा पाँच सय रुपैयाँ डिपोजिट राख्नुपर्नेछ ।

    अब वर्ल्डलिङ्कको न्यूनतम इन्टरनेट प्याकेज २०० एमबीपीएस, नेटटिभी सहित १२ सय रुपैयाँमै पाइने 

    इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले आफ्नो न्यूनतम इन्टरनेट स्पिडको प्याकेज २०० एमबीपीएस पुर्‍याएको छ । शनिबार आयोजित ‘वर्ल्डलिङ्क कार्निभल २.०’ को अवसरमा कम्पनीले यस अघि १५० एमबीपीएस रहेको आफ्नो न्यूनतम स्पिडको इन्टरनेट प्याकेजमा ५० एमबीपीएस थप गरेको हो ।

    वर्ल्डलिङ्क फोटोन लाइट नाम दिइएको यो प्याकेज लिने ग्राहकले एउटा नेटटिभी सहित १४ हजारभन्दा बढी स्थानमा रहेको वर्ल्डलिङ्क फ्रि वाई-फाई निःशुल्क प्रयोग गर्न पाउनेछन् ।

    कम्पनीको यो प्याकेज लिने नयाँ ग्राहकले डुअल ब्यान्ड राउटरका लागि दुई हजार रुपैयाँ, त्यसका लागि ५०० रुपैयाँ डिपोजिट, ड्रप वायरका लागि ५०० रुपैयाँ, वैकल्पिक रुपमा मेश वाई-फाई सिस्टम लिन चाहनेका लागि वन बिकन १.१ को रेन्टल चार्ज वापत २००० रुपैयाँ, त्यसका लागि २५०० रुपैयाँ डिपोजिट र स्मार्ट इन्स्टलेसनका लागि तीन हजार रुपैयाँ तिर्नुपर्नेछ ।

    साथै नेटटिभी सेटअप गर्दा दुई हजार रुपैयाँ एक्टिभेसन चार्ज र पाँच सय रुपैयाँ डिपोजिट (रिफन्डेबल) लाग्ने कम्पनीले जनाएको छ । 

      

    प्रकाशित मिति :चैत्र १३ २०७८ आइतवार - १२:१७:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij