Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो?

बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो?


  • 8.6K
    Shares

    • images
    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो?
    images

    भारतमा पेट्रोल र डिजेलको मूल्य बढेको छ । शुक्रबार भारतीय आयल मार्केटिङ कम्पनीले मूल्य बढाएका हुन् । दिल्लीमा पेट्रोल र डिजेलको मूल्य ८० पैसा प्रतिलिटर बढाएको छ । गत चार दिनमा पेट्रोल र डिजेलको मूल्य २.४० रूपैयाँले बढेको छ ।

    मूल्य बढेपछि राजधानी दिल्लीमा पेट्रोल ९७.८१ भारु र डिजेल ८९.०१ प्रतिलिटर पुगेको छ । मुम्बईमा पेट्रोल ८४ पैसाले बढेको छ ।

    साथै नयाँ मूल्य प्रतिलिटर ११२.५१ रुपैयाँ भएको छ । भारतका प्रत्येक राज्यमा स्थानीय करको दर फरक फरक भएका कारण त्यहाँ पेट्रोलियम पदार्थको मूल्य राज्यअनुसार छुट्टाछुटै हुन्छ ।

    मुडिज इन्भेष्टर्स सर्भिसले बिहीबारको एक रिपोर्टमा भनिएको छ, ‘भारतका प्रमुख तेल कम्पनीहरु आइओसी, बिपिसिएल र एचपिसिएलले नोभेम्बर र मार्चको सुरुमा कच्चा तेलको मूल्यमा वृद्धि भए पनि पेट्रोल र डिजेलको मूल्य बढ्न दिएका थिएनन् । जसका कारण कम्पनीहरुले करिब २ अर्ब २५ करोड अमेरिकी डलर घाटा बेहोरिरहेका छन् ।’

    प्रकाशित मिति :चैत्र ११ २०७८ शुक्रवार - ११:१४:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij