Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आज प्रधानमन्त्री देउवाले दिए मोदीलाई धन्यावाद

आज प्रधानमन्त्री देउवाले दिए मोदीलाई धन्यावाद


  • 4.2K
    Shares

    आज प्रधानमन्त्री देउवाले दिए मोदीलाई धन्यावाद

    काठमाडौं । भारतले युक्रेनको युद्धग्रस्त क्षेत्रबाट उद्धार गरेका चार नेपाली शनिबार काठमाडौं आइपुगेका छन् । आफ्ना नागरिकको उद्दार गर्ने क्रममा भारतले चार जना नेपालीलाई पनि सँगै ल्याएको थियो । उनीहरु भारतहुँदै काठमाडौं आइपुगेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यावाद दिएका छन् ।

    चार जना नेपाली युक्रेनबाट भारत हुँदै भर्खर काठमाडौं आइपुगेका छन् । अप्रेसन गंगा अन्तर्गत नेपाली जनतालाई पनि उद्दार गरी ल्याइदिएकोमा प्रधानमन्त्री नरेन्द्र मोदी र भारत सरकारलाई धन्यावाद,’ प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

    गत फेब्रुअरी २४ का दिन देखि रुसले युक्रेनमाथि सैन्य आक्रमण सुरु गरेको छ । त्यसपछि त्यहाँ रहका नेपालीलाई उद्दार गर्न थालिएको हो । सरकार र गैर आवासिय नेपाली संघको सक्रियतामा हालसम्म साढे पाँच सयभन्दा बढी नेपालीलाई युक्रेनबाट अन्य सुरक्षित स्थानमा सारिएको छ । 

     

    प्रकाशित मिति :फाल्गुण २८ २०७८ शनिवार - १४:२३:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij