Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

फ्रि तिब्बतको माग गर्दै काठमाडौंको जोरपाटी एरियामा उडाइयो बेलुन

फ्रि तिब्बतको माग गर्दै काठमाडौंको जोरपाटी एरियामा उडाइयो बेलुन


  • 5.0K
    Shares

    फ्रि तिब्बतको माग गर्दै काठमाडौंको जोरपाटी एरियामा उडाइयो बेलुन
    images

    काठमाडौं । काठमाडौंको जोरपाटीमा स्वतन्त्र तिब्बतको माग गर्दै बेलुन उडाइएको छ । तिब्बत विद्रोहको दिन मार्च १० को अवसर पारेर युवाहरुको एक समूहले बिहीबार फ्रि तिब्बत, सोलाडिरिटी तिब्बत नारासहित बेलुन उडाएका हुन् ।

    युवाहरुले तिब्बतीहरुको स्वतन्त्रता, मानवअधिकारको संरक्षण, तिब्बती शरणार्थीको सम्मान लगायत एजेण्डाको सम्बोधन हुनुपर्ने माग गरेका थिए । सुरक्षा थ्रेटका कारण उनीहरुले आफ्नो परिचय खुलाउन भने अस्वीकार गरेका छन् । तिब्बती विद्रोह दिवस मार्च १० का दिन मनाइने गरिन्छ ।

    तिब्बतमा जनवादी गणतन्त्र चीनको उपस्थिति विरुद्ध १९५९ को तिब्बती विद्रोहको सम्झनामा यो दिवस मनाउने गरिन्छ। चीनको दमनले तिब्बतका नेता दलाई लामा भारतमा निर्वासनमा छन् ।

    तिब्बती विद्रोह दिवस मुख्यतया तिब्बती स्वतन्त्रतालाई समर्थन गर्ने संस्थाहरू र व्यक्तिहरूद्वारा मनाइन्छ । जस्तै विद्यार्थीहरू स्वतन्त्र तिब्बतको लागि र प्रायः दलाई लामाद्वारा एक बयान जारी गरेर साथमा मनाउने गरिन्छ ।

    तिब्बती स्वतन्त्रता समूहहरूले अक्सर मार्च १० मा तिब्बतको स्थितिमा ध्यानाकर्षण गर्न विरोध प्रदर्शन वा अभियानहरू आयोजना गर्छन् ।

    प्रकाशित मिति :फाल्गुण २६ २०७८ बिहिवार - १७:४९:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij