Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

एनसेलले ल्यायो ‘अल नेपाल भ्वाइस प्याक’ अफर: ५१ पैसा प्रतिमिनेट फोन सुविधा, यस्ता छन् मूल्यसुची

एनसेलले ल्यायो ‘अल नेपाल भ्वाइस प्याक’ अफर: ५१ पैसा प्रतिमिनेट फोन सुविधा, यस्ता छन् मूल्यसुची


  • 4.9K
    Shares

    एनसेलले ल्यायो ‘अल नेपाल भ्वाइस प्याक’ अफर: ५१ पैसा प्रतिमिनेट फोन सुविधा, यस्ता छन् मूल्यसुची

    काठमाडौं। एनसेलका ग्राहकहरुले अब नेपालको जुनसुकै नेटवर्कमा अझै सस्तो दरमा भ्वाइस कल कल गर्न सक्ने भएका छन्। 
    एनसेल आजियाटाले ‘अल नेपाल भ्वाइस प्याक’ अफर संचालनमा ल्याएको छ। अफरअन्तर्गत प्रिपेड ग्राहकले अब ५१ पैसा प्रति मिनेटमा भ्वाइस सेवाको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ।

    यस अफरमा विभिन्न ६ वटा भ्वाइस प्याकहरू प्रिपेड ग्राहकका लागि उपलब्ध रहेका छन्। सोमबारदेखि संचालनमा आएको अफरअन्तर्गत ग्राहकले करसहित १४ देखि ३८५ रुपैयाँसम्म शुल्क पर्ने विभिन्न १ दिन, ३ दिन, ७ दिन, १४ दिन वा २८ दिनको समयसीमा भएका प्याकहरूबाट फाइदा लिन सक्ने कम्पनीले जनाएको छ।

    यी भ्वाइस प्याकहरू मार्फत ग्राहकहरुले अब अन्य नेटवर्कमा कल गर्दा बढी शुल्क लाग्ने कुनै दर बिना भ्वाइस सेवा लिन सक्ने बताइएको छ। 

    ग्राहकहरुले एक दिन समयावधि रहेको १४ मिनेट अल नेटवर्क टक टाइम करसहित १४ रुपैयाँमा किन्न सक्नेछन्। तीन दिन समयसीमा रहेको ६५ मिनेट टकटाइम ४५ रुपैयाँमा सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ। 

    त्यसैगरी ९४ रुपैयाँमा ७ दिन समयसीमा रहेको १५० मिनेट टकटाइम खरिद गर्न सकिने बताइएको छ। प्रिपेड ग्राहकले सजिलै *१७११८*३# डायल गरी आफ्नो आवश्यकता अनुसारको भ्वाइस प्याक छनोट गरी सेवा लिन सकिने एनसेलले जनाएको छ। 

    अलि धेरै समयसीमा सहितको धेरै मिनेटको टक टाइम चाहिने ग्राहकले १४ दिनको समयसीमा रहेको २२५ मिनेट टकटाइमको भ्वाइस प्याक लिन सक्ने छन्। यसका साथै ग्राहकका लागि २८ दिन समयसीमा रहेको दुई वटा अन्य प्याकहरु पनि कम्पनीले ल्याएको छ।

    जसअन्तर्गत ग्राहकले २६५ रुपैयाँमा ४७५ मिनेट टकटाइम र ३८५ रुपैयाँमा ७५० मिनेट टकटाइम रहेको भ्वाइस प्याक किन्न सक्ने एनसेलले जनाएको छ। 

    प्रकाशित मिति :फाल्गुण २४ २०७८ मंगलवार - १४:३७:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij