Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेकपा र सुर्य आफ्नो भएको दाबी गर्दै ओली समुहको नेकपा निर्वाचन आयोगमा गुहार माग्न जाँदै, यस्तो छ तयारी 

नेकपा र सुर्य आफ्नो भएको दाबी गर्दै ओली समुहको नेकपा निर्वाचन आयोगमा गुहार माग्न जाँदै, यस्तो छ तयारी 


  • 9.2K
    Shares

    नेकपा र सुर्य आफ्नो भएको दाबी गर्दै ओली समुहको नेकपा निर्वाचन आयोगमा गुहार माग्न जाँदै, यस्तो छ तयारी 

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्वाचन आयोग जाने भएको छ । पार्टी र चुनाव चिह्न दाबी गर्दै ओली नेतृत्वको नेकपाले निर्वाचन आयोगका पदाधिकारीलाई ध्यानाकर्षण गराउने बताइएको छ ।

    पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल समूहले नेकपा र चुनाव चिह्न माग गर्दै पटक–पटक आयोगलाई पत्र लेख्दै आइरहेको छ । त्यस्तै अ‍ोली समूहले पनि नेकपा र सूर्य चुनाव चिह्न आफुहरुले पाउनुपर्ने  माग गर्दै आयोगलाई पत्र पठाइसकेको छ । आयोगले यसबारे अन्तिम निर्णय गर्न बाँकी रहेको छ ।

    नेकपा नेता सुवासचन्द्र नेम्वाङले पार्टी र चुनाव चिह्न आफूहरुले नै पाउने दाबी गरेका छन् । नेता नेम्वाङ अ‍ोली नेतृत्वको नेकपा नेता हुन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटन गर्दै आगामी वैशाख १७ र २७ गते आम निर्वाचनको घोषणा गरेका थिए । संसद विघटनपछि फुटेको नेकपाका दुवै समूहले पार्टीको नाम र चुनाव चिह्नबारे आ–आफ्नो दाबी गर्दै आइरहेका छन् ।

    त्यस्तै प्रचण्ड–माधव नेपाल समूहले निर्वाचन आयोगलाई निर्वाचन रोक्न माग गर्दै पत्र पठाएको थियो । सोमबार उक्त पत्रको जवाफमा आयोगले चुनावी प्रक्रिया रोक्न नमिल्ने बताएको थियो ।

    सोमबार निर्वाचन आयोग पुगेर प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटनको मुद्धा सर्वोच्च अदालतमा विचाराधिन रहेका बेला निर्वाचन प्रकिया अघि नबढाउन प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई आग्रह गरेका थिए ।

    प्रकाशित मिति :पौष २८ २०७७ मंगलवार - १३:२१:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij